राजावादीको आन्दोलनमा दुर्गा प्रसाईंको समूह सहभागी नहुने
१५ जेठ, काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज गर्न लागेको आन्दोलनमा दुर्गा प्रसाईं समूह सहभागी नहुने भएको छ। प्रसाईंको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले विज्ञप्ति निकालेर आजको आन्दोलनमा सहभागी नहुने जनाएकाे हाे । महाअभियानका तर्फबाट सचिव प्रेमदीप लिम्बूले विज्ञप्ति निकालेर राप्रपा नेतृत्वको आन्दोलनमा आफूहरू सहभागी नहुने जनाउनुभएकाे हाे ।
‘जेठ १५ गतेको आन्दोलन राप्रपा नेतृत्वको जनअन्दोलन भएकोले हाम्रो सहाकार्य नरहेकोले सहभागी नहुन अनुरोध सहितको निर्देशन गर्दछौं,’ लिम्बूले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहीबार १३:४४