२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

आफ्ना नेता कमल जाेशीलाई आक्रमण गर्नेलाई तत्काल कारबाही गर्न अनेरास्ववियुकाे माग

२८ पुस, काठमाडौँ । अनेरास्ववियु अस्कलका अध्यक्ष कमल जाेशी माथि आक्रमणलाई तत्काल कारबाही गर्न महासचिव ऐन महरले नेपाल प्रहरीलाई आग्रह गरेक छन । शनिबार विज्ञप्ति जारी गर्दै महासचिव महरले दाेषीलाई कारबाही गर्न आनाकानी गरे अखिल आफैँले कारबाही गर्ने चेतावनी दिएका छन ।

जाेशीमाथि शुक्रबार ठमेलस्थित अस्कल क्याम्पस हाताभित्रैै आक्रमण भएकाे थियाे । आक्रमणबाट टाउकाेमा गम्भीर चाेट लागेका जाेशीकाे ठमेलकाे मनमाेहन अस्पतालमा उपचार भैरहेकाे छ । जाेशीकाे टाउकाेमा नाै टाँका लगाइएको उपचारमा संलग्न चिकित्सकले बताएका छन ।

आक्रमणबाट जाेशीकाे टाउकाेमा लागेकाे चाेट ।

 

घाइते जाेशीले दैनिकीसँग कुरा गर्दै अखिल क्रान्तिकारी अस्कलका अध्यक्ष खेमबहादुर सिंहकाे नेतृत्वमा आफूलाई आक्रमण गरेकोे बताए । जाेशीले आक्रमणमा जीवन पाण्डे, विजय विष्ट र सञ्जन रिमाल समेत सहभागी भएकाे बताए । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता हाेविन्द्र बाेगटीले आक्रमणमा संलग्नको खाेजी भइरहेकाे बताएका छन । उनले दाेषीलाई कारबाही गर्न माग गरेका छन ।

सिंहकाे काेठाबाट केही साता अघिमात्रै पेस्तोलसहित एक युवा पक्राउ परेका थिए । महानगरीय प्रहरी अपराध महाशाखाकाे टाेलीले छापा मारी कालीकाेटका एक युवालाई पक्राउ गरेकाे थियाे ।

प्रकाशित मिति : 15:04