काठमाडौं नगर प्रहरी प्रमुख पाण्डेले प्रमुख प्रशासकीय अधिकृतलाई बुझाए स्पष्टीकरण
१२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले स्पष्टीकरण बुझाउनुभएको छ । सोमबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं समक्ष पाण्डेले स्पष्टीकरण बुझाउनुभएको हो ।
पाण्डेले स्पष्टीकरणमा उक्त दिन आफूलाई जिम्मेवारी दिएको हुँदा कर्तव्य पालना मात्रै गरेको उल्लेख गरेको गुरागाईंले जानकारी दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले जेठ ६ गते पाण्डेलाई स्पष्टीकरण सोधनुभएको थियो ।
प्रकाशित मिति : १२ जेष्ठ २०८२, सोमबार १७:५०