१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

नेपाल खानेपानी संस्थानको अध्यक्षमा डा भट्टराई नियुक्त

१२ जेठ, काठमाडौँ । नेपाल खानेपानी संस्थानको अध्यक्षमा डा ढुण्डीराज भट्टराई नियुक्त हुनुभएको छ । डा भट्टराईलाई नेपाल खानेपानी संस्थान ऐन, २०४६ (संशोधन सहित) को दफा ८ को उपदफा ८.१.१ बमोजिम रहने नेपाल खानेपानी संस्थान संचालक समितिको अध्यक्ष पदमा सोही ऐनको दफा ११.१ बमोजिम तीन वर्षका लागि नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयानुसार नियुक्त गरिएको खानेपानी मन्त्रालयका सचिव ईञ्जिनियर प्रमिलादेवी शाक्य बज्राचार्यले बताउनुभयो ।

अध्यक्ष नियुक्त हुनु भएका डा भट्टराई अर्घाखाँची भूमिकास्थान नगरपालिका–९ का स्थायीवासी हुनुहुन्छ ।

प्रकाशित मिति : May 26, 2025 at 2:48 pm