१६ असार २०८३, मंगलबार | Tue Jun 30 2026

तीनकुने घटनामा ६१ जनाविरूद्ध मुद्दा दर्ता

११ जेठ, काठमाडाैं । काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक घटनामा संलग्न रहेको अभियोगमा ६१ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। सरकारी वकिल कार्यालय काठमाडौंले चैत १५ गते भएको घटनामा  ६१ जनाविरूद्ध मुद्दा अदालतमा मुद्दा दर्ता गरेकाे हाे ।

६१ जनामध्ये ५० जनाविरूद्ध राजद्रोहको मुद्दा दर्ता भएकाे छ। त्यसबाहेक ११ जनाविरूद्ध आपराधिक उपद्रव कसुरमा मुद्दा दर्ता हुने भएको हो। दुर्गा प्रसाईंसहित आठ जनाविरूद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता हुने भएको हो। त्यस्तै, राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणाविरूद्ध राजद्रोहमा मुद्दा दर्ता हुने भएको हो। चार जना नाबालकको हकमा अनुसन्धान भइरहेकाले बाल अदालतमा छुट्टै अभियोग दर्ता हुने भएकाे छ ।

प्रकाशित मिति : May 25, 2025 at 5:14 pm