नुवाकोटको गुरूङ गाउँमा ईभि भ्यान भीरबाट खस्यो
११ जेठ, काठमाडौँ । नुवाकोटको त्रिशुलीबाट काठमाडौ आउँदै गरेको एउटा ईभि भ्यान शिवपुरीको गुरूङ गाउँबाट भीरमा खसेको छ । प्रहरीका अनुसार बागमती प्रदेश ३ ०८५४ नम्बरको ईभि भ्यान शिवपुरी ७ गुरुङ गाउँमा दुर्घटनामा परेको हो । अस्थायी प्रहरी पोस्ट गुर्जेभन्ज्याङको प्रहरी टोलीले चालक ३६ को रवि बस्नेतलाई नियन्त्रणमा लिएको नुवाकोटका प्रहरी प्रवक्ता डिएसपी विक्रम लामाले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेहरूको अवस्था सामान्य रहेको छ ।
दुर्गघटनामा ९ जना घाइते भएको र उनीहरूलाई काठमाडाैँ ल्याएको प्रहरीले जनाएको छ । घाइते हुनुेमा लक्ष्मी खड्गी – ४६, मैना राई – ३८, सिर्जना लामा – २५, बिपना अर्याल – १८, नरसमान लामा २८, विजय लामा – १८, सरस्वोती राई – ३९, श्याम डगाैरा -३४ र महेन्द्र श्रेष्ठ – २५ वर्षका रहेका छन ।
प्रकाशित मिति : ११ जेष्ठ २०८२, आईतवार १५:४६