अब छाेराछाेरीले आफ्नो तलबबाट आमाबाबुकाे लागि हरेक महिना रकम छुट्याउनुपर्ने
२८ पुस, काठमाडौँ । सार्वजनिक पदधारण गरेका व्यक्तिले मासिक आयको निश्चित प्रतिशत रकम आमाबाबुका नाममा प्रत्येक महिना बैंक खातामा जम्मा गर्नुपर्ने व्यवस्था थप गर्दै सरकारले ज्येष्ठ नागरिकसम्बन्धी ऐन संशोधन प्रस्ताव गरेको छ ।

सरकारका तर्फबाट राष्ट्रिय सभामा दर्ता भएको विधेयकमा मूल ऐनले परिभाषित गरे अनुसार ६० वर्षभन्दा माथि उमेर पुगेका आमाबाबुको नाममा कमाईको निश्चित प्रतिशत रकम बैङ्क खातामा जम्मा गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको हो ।
मासिक आयको कति रकम जम्मा गर्ने विधेयकले तोकेको छैन । यसअघि प्रारम्भिक मस्यौदामा १० प्रतिशत पारिश्रमिक बैङ्क खातामा जम्मा गर्नुपर्ने व्यवस्था थियो । नियमावली वा निर्देशिकाबाट रकम तोक्ने गरी विधेयक प्रस्तावित छ । मूल ऐनको दफा ८ मा पारिश्रमिक जम्मासम्बन्धी व्यवस्था थप गरी विधेयक दर्ता गरिएको हो ।
प्रकाशित मिति : January 12, 2019 at 10:20 am









