गभर्नर पौडेलको नियुक्ति बदर गर्न मागसहित सर्वोच्चमा निवेदन पेस
९ जेठ, काठमाडौं । गभर्नर डा.विश्व पौडेलको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन पेस भएको छ । शुक्रबार अधिवक्ताहरु अनन्तराज लुइँटेल, विशाल थापा र प्रतिभा उप्रेतीले गभर्नर पौडेलको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिनुभएको हो ।
ऐनको विरुद्धमा सरकार र छनोट समितिलाई विपक्षी बनाएर राजनीतिक स्वार्थको व्यक्तिलाई गैरकानुनी रुपमा नियुक्त गरिएको दाबी सहित अदालतमा निवेदन पेस भएको हो । जेठ ६ गते सरकारले डा.पौडेललाई गभर्नर नियुक्त गरेका थियो । उहाँले ७ गते शपथ ग्रहण गरी कार्यभार सम्हालिक्नुभएको छ ।
प्रकाशित मिति : ९ जेष्ठ २०८२, शुक्रबार १४:५५