२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

विराटनगरमा मोवाइलको ब्याट्री पड्किंदा बालकको मृत्यु, बालिका घाइते

२७ पुस, विराटनगर । विराटनगर महानगरपालिका-१५ रामजानकी चोकमा मोवाइलको ब्याट्री पड्किंदा एक बालकको मृत्यु भएको छ । शुक्रबार दिउँसो आगो ताप्ने क्रममा व्याट्री बिस्फोट हुँदा स्थानीय सुवास मण्डलका ७ वर्षीय छोरा अमित मण्डलको मृत्यु भएको हो ।बिस्फोटमा स्थानीय राजेश मण्डलकी ६ वर्षीया छोरी राधिकाकुमारी मण्डल गम्भीर घाइते भएकी छिन् ।


निर्माणाधीन घरमा आगो बाली खेल्ने क्रममा बिस्फोट हुँदा घाइते भएका बालकको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

आगो बलेको ठाउँमा पुरानो मोवाइलको ब्याट्री रहेको र सोही ब्याट्री पड्किएको हुनसक्ने प्रहरीले बताएको छ । घाइते भएकी बालिकाको भने विराटनगर आँखा अस्प्तालमा उपचार भइरहेको छ ।

पुनश्चः मोवाइलको ब्याट्री पड्कीएर मृत्यु हुनुपर्नेमा अन्यथा हुन गएकाेले सच्याइएकाे छः सम्पादक ।

 

 

 

प्रकाशित मिति : 13:51