५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

माघ १ गते नुवाकोटको तारुकामा २३ हल गोरु जुधाइने


२७ पुस, नुवाकाेट । यसवर्ष नुवाकोटको तारुकामा २३ हल गोरु जुधाइने भएकाे छ । धादिङसँग सीमा जोडिएको नुवाकोटको तारुकामा विगतका वर्षहरुमा झैं यस वर्षपनि माघेसक्रान्ति (माघ १) को दिन गोरु जुधाई प्रतियोगिता हुने भएको छ । यसवर्ष जुधाउनको लागि २३ हल गोरु दर्ता गरिएको माघेसक्रान्ति गोरु जुधाई संरक्षण समितिले बताएकाे छ ।

तारकेश्वर गाउँपालिका–३ (साविकको तारुका–५) स्थित चन्दनीमा गोरु जुधाउन मैदान तयार भैसकेकाे छ । जहाँ गोरु जुधाई प्रतियोगिता हेर्न १० हजारको हाराहारीमा दर्शक आउने आयोजक माघेसक्रान्ति गोरु जुधाई संरक्षण संस्थाले जनाएको छ ।

विजयी हुने गोरुधनीलाई पुस्कार र प्रमाणपत्रको व्यवस्था गरिएको छ । नुवाकोटकै वेत्रावतीमा पनि विगतका वर्षहरुमा झैं यस वर्षपनि गोरु जुधाइँदैछ ।

प्रकाशित मिति : २७ पुष २०७५, शुक्रबार ११:१८