अमेरिकी सेनाका प्रमुख एडमिरल र रक्षामन्त्री पोखरेलबीच भेट, सैन्य सहायताकाे विषयमा छलफल
२७ पुस, काठमाडौँ । अमेरिकी सेनाको इन्डो प्यासिफिक क्षेत्र हेर्ने प्रमुख एडमिरल फिलिप एस डेभिड्सनले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखेरलसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

सेना प्रमुख एडमिरल डेभिडसनले शुक्रबार बिहान रक्षा मन्त्रालयमा मन्त्री पोखरेलसँग भेट गरे। डेभिड्सन दुईदिने भ्रमणका लागि बिहीबार काठमाडौं आएका हुन्। मन्त्री पोखरेलसँगको भेटमा द्विपक्षीय सैन्य सहायता र एसिया प्यासिफिक क्षेत्रभित्र पर्ने इन्डो प्यासिफिक क्षेत्रको सुरक्षा चुनौतीबारे छलफल भएको छ।
यसमा नेपाल र अमेरिकाले खेल्न सक्ने भूमिकाबारे कुराकानी भएको थियो। साथै अमेरिकी सेनाले नेपाली सेनाको क्षमता विकास र सैन्य कुटनैतिक सम्बन्धलाई बलियो बनाउँदै लैजाने विषयमा द्विपक्षीय छलफल भएको बताइएकाे छ ।
प्रकाशित मिति : January 11, 2019 at 11:03 am







