२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

अब नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूले विज्ञापन बजाउन नपाउने

२७ पुस, काठमाडौँ । नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूले विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्ने प्रावधानसहित सरकारले विज्ञापन नियमनसम्बन्धी विधेयक राष्ट्रियसभामा दर्ता गरेको छ ।

प्रस्तावित विधेयक पारित भई सरकारले राजपत्रमा सूचना प्रकाशन गरेपछि विदेशी च्यानलले विज्ञापनरहित प्रसारण गर्नुपर्नेछ ।
विधेयक पारित भई कार्यान्वयनमा आएपछि विदेशी विज्ञापन डबिङ गरेर प्रसारण समेत गर्न नपाउने व्यवस्था प्रस्ताव गरिएको छ । प्रदेशस्तरको विज्ञापनसम्बन्धी नियमनको व्यवस्था भने सम्बन्धित प्रदेशको विभागीय मन्त्रालयले गर्नेछ ।

प्रस्तावित विधेयकको दफा ६ मा भनिएको छ ‘‘नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिदेखि विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नु पर्नेछ । विदेशी विज्ञापनलाई नेपालका सञ्चार माध्यमले प्रसारण गर्दा डबिङ गरी प्रसारण गर्न पाइने छैन ।’’

हालसम्म आमसञ्चार नीतिले नै विज्ञापन नियमनको व्यवस्था गरेको थियो । मौलिक हक कार्यान्वयनका लागि बनेका उपभोक्ताको हक, जनस्वास्थ्य सम्बन्धी हक लगायतका ऐनहरुमा पनि विज्ञापन प्रसारण प्रकाशन रोकसम्बन्धी व्यवस्था गरिएको छ । प्रस्तावित विधेयक पारित भएमा विज्ञापन नियमनको छुट्टै कानुनी आधार हुनेछ । विज्ञापन नियमन बोर्डले नै नियमन तथा नियन्त्रणका काम गर्नेछ । गोरखापत्र दैनिकमा यसबारे खबर छापिएको छ ।

प्रकाशित मिति : 08:48