भक्तपुरमा १५ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, चारजना पक्राउ
२६ पुस, भक्तपुर । भक्तपुरमा १५ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएकाे छ । बालिकालाई आफ्नै कोठामा बोलाएर सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । उदयपुर त्रियुगा न.पा. ८ घर भई हाल काठमाडौं बस्ने १५ वर्षीया बालिकालाई मध्यपुरथिमि–३, गठ्ठाघरस्थित आफ्नै कोठामा बोलाई चारजनाले सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले आरोपित चारजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा उदयपुर जिल्ला घर भई हाल गठ्ठाघर डेरा गरी बस्ने २५ वर्षीय शिवजी भन्ने रिपुमर्दन बस्नेत, १८ वर्षीय सुशान्त खड्का, १८ वर्षीय सुशील कार्की, रौतहट चन्द्रपुर १ घर भई हाल लोकन्थली बस्ने १८ वर्षीय प्रबेश बस्नेत रहेको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।
यही पुस २४ गते दिउँसो बालिकालाई आफ्नै कोठामा बोलाएर चारैजनाले सामूहिक बलात्कार गरेको उजुरीको आधारमा महानगरीय प्रहरी वृत्त थिमिले चारैजनालाई पक्राउ गरी अनुसन्धान गरी आजै भक्तपुर जिल्ला अदालतमा पेश गरी जबरजस्ती करणी उद्योगमा मुद्धा चलाएको उहाँले बताउुभयो ।
प्रकाशित मिति : 20:23







