४९ दिन हिरासतमा बिताएर रिहा भए रविन्द्र मिश्र
२ जेठ, काठमाडौँ । ४९ दिन हिरासतमा बिताएपछि राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र शुक्रबार रिहा हुनुभएको छ । हिंसात्मक राजावादी आन्दोलनमा सहभागिता जनाउनुभएको मिश्र पक्राउ पर्नुभएको थियो ।
२०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीको प्रदर्शनका क्रममा एक जनाको प्रहरीको गोलीबाट र एक जनाको रहस्यमय तरिकाले जिउँदै जलेर मृत्युभएपछि प्रहरीले त्यसदिनको आन्दोलनमा सहभागीहरूलाई पक्राउ गरेको थियो ।
मिश्र सर्वोच्च अदालतको आदेशमारिहा हुनुभएको हो । पक्राउ परेको ४९ औँ दिमा बन्दी प्रत्यक्षीकरणको रिटमार्फत् उहाँ हिरासतमुक्त हुनुभएको हो ।
प्रकाशित मिति : २ जेष्ठ २०८२, शुक्रबार १९:२०