झापामा माइत आएकी महिलामाथि सामुहिक बलात्कार, एकजना पक्राउ
२६ पुस, झापा । माइत आएकी महिलामाथी सामुहिक बलात्कार भएकाे छ । बलात्कारकाे आरोपमा सुनसरीको बराह क्षेत्रबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ। झापाको मेचीनगर नगरपालिका–११ का १९ वर्षीय बलबहादुर विष्टलाई प्रहरीले पक्राउ गरेको हो।

झापाको दमक नगरपालिका–३ घर भएकी बराह क्षेत्रमा माइतीघर आएकी २४ वर्षीया महिलालाई विष्टसहितको समूहले बुधबार राति बलात्कार गरेको प्रहरीले जनाएको छ। घटनामा संलग्न स्थानीय २३ वर्षीय रविन लिम्बू फरार छन्।
स्थानीयबासीले दिएको जानकारीका आधारमा विष्टलाई पक्राउ गरीएको र लिम्बूको खोजी भइरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ।
प्रकाशित मिति : January 10, 2019 at 7:19 pm







