१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

काठमाडाैँकाे सुन्धारामा भूकम्पसम्बन्धी अन्तर्राष्ट्रिय संग्रहालय बनाइने

२६ पुस, काठमाडौं । सरकारले भूकम्पसम्बन्धी अन्तर्राष्ट्रिय स्तरको संग्रहालय स्थापना गर्ने तयारी गरेको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले बिहीबार संघीय संसदको दिगो विकास तथा सुशासन समितिको बैठकमा २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पको स्मृति हुनेगरी अन्तर्राष्ट्रिय स्तरको भूकम्पसम्बन्धी संग्रहालय बनाउने तयारी गरिएको जानकारी गराएको हो ।


काठमाडाैँकाे सुन्धाराधास्थित पुनर्निर्माणको चरणमा रहेको विश्व सम्पदा धरहरा परिसरमै स्थापना गर्न लागिएको प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताए । प्राधिकरणले गोरखा र सिन्धुपाल्चोकमा भूकम्प स्मृति पार्क स्थापनाको कामलाई अघि बढाएको पनि जनाएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले हालसम्म सम्झौता भएको रकम २ खर्ब ६२ अर्ब रहेकोमा पुनर्निर्माणमा १ खर्ब ६८ अर्ब खर्च भएको बताए । उनले पुनर्निर्माणको कामलाई छिटो, छरितो बनाउने गरी स्थानीय तहलाई त्यसको जिम्मेवारी दिने व्यवस्था गरिएको पनि स्पष्ट पारे । बैठकमा समितिका सदस्यहरुले पुनर्निर्माणको कामलाई छिटो, छरितो बनाउन प्राधिकरणलाई सचेत गराएका थिए ।

प्रकाशित मिति : January 10, 2019 at 4:01 pm