९ असार २०८२, सोमबार | Mon Jun 23 2025

सानिमा माई हाईड्रोको नाफा १२.११ प्रतिशतले घट्यो, विद्युत बिक्री आम्दानीमा पनि गिरावट

२९ वैशाख, काठमाडौं । सानिमा माई हाईड्रो पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले २७ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलना  १२.११ प्रतिशतले कम हो । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले ३१ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यो अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानीमा १३.९९ प्रतिशतको गिरावट आएको छ । कम्पनीले विद्युत बिक्रीमार्फत ५१ करोड २९ लाख रुपैयाँ कमाएको छ । कम्पनीको खुद सञ्चालन मुनाफा पनि ३९ करोड ९९ लाखबाट घटेर ३० करोड ५७ लाखमा सीमित बनेको छ । कम्पनीको प्रशासनिक तथा अन्य सञ्चालन खर्च पनि १३ करोड १२ लाखबाट बढेर १३ करोड ३५ लाख पुगेको छ । तेस्रो त्रैमाससम्ममा  कम्पनीको रिटेन्ड अर्निङ १ अर्ब ७ करोडबाट घटेर १ अर्ब १ करोड रहेको छ। समीक्ष अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ७.४१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७२.८५ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार १५:३७