११ जेष्ठ २०८१, शुक्रबार | Fri May 24 2024

बुद्धिस्ट ट्राभल मार्टमा सहभागी हुन जानेक्रममा चितवन पुगेका पर्यटकको भव्य स्वागत (भिडियोसहित)


२५ पुस, चितवन। बुद्धिस्ट ट्राभल मार्ट (बिआइटिएम)मा सहभागी हुन आएका विदेशीहरूको समूहको बुधबार चितवनमा भव्य स्वागत गरिएको छ । विदेशी पाहुनालालाई सौरहाको ल्याण्डमार्क फरेस्ट रिसोर्ट लगायतको होटलमा बस्ने व्यवस्था मिलाइएको छ । त्यहाँ होटलवालाहरूले पर्यटकको स्वागत गरेका थिए । पर्यटकहरूले साइटसिन समेत गरेका थिए ।

ल्याण्डमार्कमा गएका पर्यटकलाइ स्वागत गर्दै होटलका कर्मचारी ।

लुम्बिनीलाई विश्वकै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यसाथ जनवरी १० देखि १२ सम्म रुपन्देहीको लुम्बिनीमा हुन लागेको मार्टमा १५० बढी स्वदेशी तथा विदेशी पर्यटन व्यवसायीको सहभागिता रहने नाट्टाका अध्यक्ष सिएन पाण्डेले बताएका छन ।

उनले बुद्धको जन्मभूमि रहेको लुम्बिनीमा हुने मार्टमा ‘विजनेश टु विजनेश मिटिङ’, बुद्ध पर्यटन प्रवद्र्धनका लागि छलफल, आन्तरिक पर्यटन प्रवद्र्धनलगायतका विषयमा छलफल हुने बताए । अध्यक्ष पाण्डेका अनुसार मार्टमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय शाक्यपुत्र, अन्तर्राष्ट्रिय ट्राभल सङ्घका अध्यक्ष सुनिल कुमार, भिजिट नेपाल २०२० का संयोजक सुरज वैद्य, अष्ट्रेलियाका प्रतिनिधि स्टेभ कैमिसलगायतले बुद्ध पर्यटनको विकासका बारेमा आफ्नो भनाइ राख्ने छन ।

प्रकाशित मिति : २६ पुष २०७५, बिहीबार ००:१६