ङादी ग्रुप पावरको नाफा १९.३२ प्रतिशतले घट्यो, प्रतिसेयर आम्दानी कति ?
२९ वैशाख, काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले २ करोड २९ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलना १९.३२ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले २ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको थियो ।
समिक्षा अवधिमा कम्पनीले विद्युत बिक्रीमार्फत ८ करोड ९४ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन गत आर्थिक वर्षको यसै अवधिको तुलना १०.६८ प्रतिशतले कम हो । कम्पनीले यो अवधिसम्म ३३ लाख ५४ हजार रुपैयाँबराबरको गैर सञ्चालन आम्दानी गरेको छ । कम्पनीको विद्युत बिक्रीरवितरण खर्च १ करोड ४ लाख रहेको छ भने प्रशासनिक खर्च ६६ लाख ९१ हजार रहेको छ ।
चुक्तापूँजी ३ अर्ब ७० करोड रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङ १० करोड ५९ लाख रुपैयाँ पुगेको छ । कम्पनीको कुल चालु सम्पत्ति २ अर्ब २४ करोड र कुल चालु दायित्व ५ करोड ९४ लाख रुपैयाँ छ । समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ०.८३ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ १५८.०२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३४५.६८ गुणा रहेको छ ।
प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार १२:४७