२५ आश्विन २०८३, आइतबार | Mon Oct 12 2026

बुटवल पावर कम्पनीको नाफा सामान्य बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२९ वैशाख, काठमाडाैं । बुटवल पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले २१ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.७९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी २.७६ प्रतिशत बढेर ५५ करोड ८७ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको अन्य आम्दानी ६ करोड ९१ लाख रुपैयाँ रहेको छ । ३ अर्ब ४० करोड ९० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी ३ अर्ब ६६ करोड ८२ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा कम्पनीकाे प्रतिसेयर आम्दानी १ रुपैयाँ १८ पैसा बढेर ८ रुपैयाँ २३ पैसा,प्रतिशेयर नेटवर्थ २०७ रुपैयाँ ६० पैसा र मूल्य आम्दानी अनुपात ४८.४७ गुणा रहेको छ।

प्रकाशित मिति : May 12, 2025 at 10:46 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/