२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

सरकारले नयाँ ढङ्गले मल कारखाना खोल्ने

२८ वैशाख, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा नै नयाँ ढङ्गले मल कारखाना स्थापना बताउनुुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले देशमा मल कारखाना आवश्यक छ भन्नेमा सरकार स्पष्ट रहेकाले नयाँ ढङ्गले कारखाना खोलिने बताउनुुभएको हो ।

उहाँले नयाँ विधिबाट फोहरमैला व्यवस्थापनको कुरा सोचिरहेको जानकारी पनि दिनुभयो । प्रधानमन्त्री ओलीले सम्पत्ति शुद्धीकरणका सम्बन्धमा अन्तरराष्ट्रिय रुपमा नेपाल ‘ग्रे लिष्ट’मा पर्नु अघिल्लो सरकारको कमजोरी भएको स्पष्ट गर्नुभयो ।

प्रकाशित मिति : 15:15