हिमालयन हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने
२८ वैशाख, काठमाडौं । हिमालयन हाइड्रोपावरले हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ। कम्पनीले हकप्रद सेयर निष्काशनका लागि विद्युत नियमन आयोगबाट पूर्व स्वीकृत लिन आवेदन गर्ने भएको छ । कम्पनीको वैशाख २६ गते बसेको संचालक समतिको बैठकले हकप्रद सेयर निष्काशन गर्न आयोगबाट पूर्व स्वीकृत लिने निर्णय गरेको हो ।
कम्पनीले हाल कायम चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद ल्याउने तयारी गरेको हो । अब कम्पनीले हकप्रद सेयर निष्काशनका लागि विद्युत नियमन आयोगबाट स्वीकृत लिई, फेरि नेपाल धितोपत्र बोर्डमा निवेदन दिनेछ । त्यसपछि बोर्डबाट अनुमति पाएपछि कम्पनीले हकप्रद सेयर निष्काशन गर्नेछ ।
प्रकाशित मिति : २८ बैशाख २०८२, आईतवार १२:१६