३ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025

ठमेलको फुलमुन रेष्टुरेन्ट भएको घरमा आगलागी

२६ वैशाख, काठमाडौँ । काठमाडौँको ठमेलमा रहेको एक घरमा आगलागी भएको छ । सात घुम्ती चोक छेउमा रहेको फुलमुन रेष्टुरेन्ट भएको घरमा आगलागी भएको हो । अहिले आगलागी नियन्त्रणका लागि दमकल बोलाइएको छ । स्थानीय व्यवसायी उद्धव तिवारीका अनुसार अहिले घरमा रहेका मानिसहरू बाहिर निस्किएका छन । आगलागी के कति कारणले लागेको हो भन्ने खुल सकेको छैन ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार १२:५०