रेशम चौधरीको पक्राउबारे गृहमन्त्री लेखकको जवाफः कुनै पूर्वाग्रह थिएन
२५ वैशाख, काठमाडाैं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ परेकाेबारे गृहमन्त्री रमेश लेखकले संसद्मा जानकारी गराउनुभएकाे छ। बिहीबार प्रतिनिधि सभाको बैठकमा यसबारे जानकारी गराउँदै गृहमन्त्री लेखकले चौधरीलाई पक्राउ गर्नुमा अदालतको आदेश कार्यान्वयन गर्नुबाहेक प्रहरीको अरु कुनै मनसाय नभएको बताउनुभयाे ।
‘यसअघि सम्मानित अदालतबाट हुने गरेको पत्राचारलाई प्रहरी प्रशासनले तत्काल कार्यान्वयन गरे झै यस घटनामा पनि सही नियतले कानुनको कार्यान्वयन गर्ने मनसाय बाहेक कुनै पूर्वाग्रह नभएको सम्मानित सदनसमक्ष अनुरोध गर्न चाहान्छु,’ गृहमन्त्री लेखकले भन्नुभयाे, ‘भविष्यमा यस्ता घटना नदोहोरिनेतर्फ सबैलाई सजग बनाएको व्यहोरा अनुरोध गर्दछु।’
प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार १७:३३









