११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

तोलामा ५३ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२३ वैशाख, काठमाडौं । नेपाली बजारमा सुनको उल्लेख्य वृद्धि भएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलामा ५३०० रुपैयाँ बढेर छापावाल सुन प्रतितोला एक लाख ८९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार छापावाला सुन प्रतितोला एक लाख ८४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला एक हजार ९६५ रुपैयाँमा किनबेच भएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ९३० रुपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित मिति : May 6, 2025 at 10:46 am