११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

१७ वैशाख, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार बुधबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ८८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाला सुन प्रतितोला १ लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।  यस दिन चाँदीको मूल्यको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर एक हजार ९६५ रुपैयाँमा किनबेच भएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँ खरिदबिक्री भएको थियो ।

प्रकाशित मिति : April 30, 2025 at 10:46 am