११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

दीपक मनाङेले सर्वोच्चबाट फिर्ता लिए फैसला पुनरवलोकनका लागि दिएको निवेदन

११ वैशाख, काठमाडौँ । गण्डकीका निलम्बित सांसद राजीव गुरूङ (दीपक मनाङे) ले फैसला पुनरवलोकनका लागि सर्वोच्चमा दिएको रिट फिर्ता लिनुभएको छ।

पुनरावलोकनका लागि निवेदन दिएको चार महिना नाघिसक्दा पनि पेसी चढ्ने तर हेर्न नमिल्ने हुन थालेपछि उहाँले निवेदन फिर्ताका लागि अपिल गर्नुभएको थियो  । उक्त निवेदनमा बिहीबार कुमार रेग्मी, हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासले निवेदन फिर्ताको माग अनुसार नै आदेश गरेको हो ।

कात्तिक २० गते सर्वोच्च अदालतले ज्यान मार्ने कसुरमा दोषी ठहर गर्दै मनाङेलाई कैद सजाय फैसला गरेको थियो। गुरूङले फैसला पुनरवलोकनका लागि माघ ४ गते निवेदन दिनुभएको थियो।

प्रकाशित मिति : April 24, 2025 at 5:03 pm