२१ असार २०८३, आइतबार | Mon Jul 6 2026

नेपाल एसबिआई बैंकका ग्राहकलाई धुलिखेल लज रिसोर्टमा विशेष छुट

५ वैशाख, काठमाडाैं । नेपाल एसबिआई बैंक र धुलिखेल लज रिसोर्ट प्रालि, धुलिखेलबीच बैंकका सम्पूर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी अला कार्ट मेनु रकममा १५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ ।

उक्त सम्झौतापत्र बैंकका चिफ मेनेजर एवं बाग्मती प्रदेश प्रमुख सुशिल राज श्रेष्ठ र धुलिखेल लज रिसोर्ट प्रालिका प्रवन्धक सञ्चालक प्रेम कण्ठ श्रेष्ठबीच आदान–प्रदान भएको थियो ।

उक्त कार्यक्रममा बैंकका बनेपा शाखाका शाखा प्रबन्धक भुपेन्द्र मान श्रेष्ठ, बाग्मती प्रदेश कार्यालयकी वरिष्ठ अधिकृत सुनिता गिरी, कनिष्ट अधिकृत तुलसा खत्री तथा होटलका प्रमुख सञ्चालन अधिकृत जुलियाम काजु श्रेष्ठ एवं अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

नेपाल एसबिआई बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, २१ शाखारहित बैकिङ, ७ प्रादेशिक कार्यालय र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

प्रकाशित मिति : April 20, 2025 at 5:51 pm