१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

ग्लोबल आइएमई बैंकको नाफा ३७ प्रतिशत बढ्यो, प्रतिसेयर आम्दानी कति ?

७ वैशाख, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।  चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकले ४ अर्ब ५३ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७.१२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ३० करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकले समीक्षा अवधिसम्म १२ अर्ब ३१ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ५.४६ प्रतिशतले कम हो । बैंकको खुद सञ्चालन आम्दानी ३९.१५ प्रतिशतले बढेर १२ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । यस्तै बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ४२ करोड ३१ लाख रुपैयाँले ऋणात्मक थियो । ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २८ अर्ब २० लाख रुपैयाँ सञ्चित छ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ६६ पैसा बढेर १५ रुपैयाँ ८६ पैसा पुगेको छ। चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य प्रतिसेयर आम्दानी १२ रुपैयाँ ४ पैसा रहेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १३.७९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७३ रुपैयाँ ४७ पैसा रहेको छ।

प्रकाशित मिति : April 20, 2025 at 8:52 am