३ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025

सञ्चारिका समूहमा चुनाव लड्दा तीन पत्रकारको एमालेको सदस्यता ‘कोल्याप्स’

५ वैशाख, काठमाडौँ । नेकपा एमालेको जनवर्गीय संगठन प्रेस चौतारी नेपालले नेताहरूको आदेश र संगठनको निर्णयबिना नै सञ्चारिक समूहको उम्मेदवार बनेको भन्दै तीन जना पत्रकारको पार्टी सदस्यता कोल्याप्यस हान्न सिफारिस गरेको छ ।

चौतारीका महासचिव हिरामान लामाले हस्तलिखित प्रेस विज्ञप्ति जारी गर्दै पूर्व सचिव लोग्शरी कुँवर, केन्द्रीय सदस्य तारा चापागाई र निर्वाचन आयोगकी सदस्य दीपा रेग्मीलाई संगठनको साधारण सदस्य समेत नरहनेरी कारबाही गरिएको र एमालेको सदस्यता समेत नरहनेगरी कारबाही गर्न पार्टीलाई सिफारिस गरिएको जानकारी दिनुभएको छ । सञ्चारिकाको महाधिवेशनमा कुँवरले उपाध्यक्षमा, चापागाई र रेग्मीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएको छ ।

जारी महाधिवेशनमा अध्यक्षमा कमला पन्थी, उपाध्यक्षमा बसन्ती बास्तोला, सचिवमा उर्बशी बस्न्यात, कोषाध्यमा सजना तामाङ र मञ्जिमा ढकाल उम्मेदवार रहनुभएको छ । महासचिवमा भने राधा खनाल निर्विरोध निर्वाचित भैसक्नुभएको छ । 

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार २१:०६