७ मंसिर २०८३, आइतबार | Mon Nov 23 2026

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १ लाख ६९ हजार कित्ता सेयर बिक्रीमा, क-कसले किन्न पाउछन् ?

https://www.muktinathbank.com.np/online/loan-application

५ वैशाख, काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि ८ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख ६९ हजार २१९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । बिक्रीमा राखिएको सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र लाजिम्पाटमा रहेको बैंकको सेयर शाखामा के–कति दरमा सेयर खरिद गर्ने हो उल्लेख गरी आवेदन दिनुपर्नेछ। साथै, तोकिएको समयभित्र उक्त सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

प्रकाशित मिति : April 18, 2025 at 10:10 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/