मध्यावधि चुनाव माग्न प्रचण्डलाई ज्ञवालीको सुझाव
४ वैशाख, काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई माओवादी लोकप्रिय भन्ने विश्वास भए मध्यावधि चुनाव माग्न सुझाव दिनुभएको छ । सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै ज्ञवालीले एकातिर प्रचण्डले दिनहुँ सरकार परिवर्तन हुने हल्ला गरिरहेको र अर्कोतिर, माओवादी केन्द्र जनतामा लोकप्रिय बन्दै गएको दावी गरेको भन्दै माओवादी लोकप्रिय भन्ने विश्वास भए मध्यावधि चुनाव माग्न सुझाव दिनुभएको हाे ।
ज्ञवालीले लेख्नुभएकाे छ, ‘कामरेड ‘प्रचण्ड’को सत्ता अधीरता अचम्म लाग्दो छ । एकातिर कार्यकर्ताका बिचमा हाम्रो पक्षमा २०६४ जस्तो लहर आइरहेको छ– २०८४ मा देखाइदिन्छौं, अहिले त हामीलाई सरकारतिर हेर्ने फुर्सद पनि छैन । अर्कातिर हप्तैपिच्छे, महिनैपिच्छे सरकार आज ढल्यो, भोलि ढल्यो भन्ने भविष्यवाणी पनि गर्न छाड्नु हुन्न । भर्खरै त्यस्तै भविष्यवाणीको संभवतः सातौं संस्करण सार्वजनिक भएको छ ।’
‘हङ पार्लियामेन्टभित्र संख्या जुटाउनेले सरकार बनाउँछन् । निःसन्देह, आफूले बनाउने समीकरणबाट सम्बन्धित पार्टीहरूले आफ्ना लक्ष्य र उद्देश्यहरू हासिल गर्ने अधिकतम कोसिस गर्छन्,’ ज्ञवालीले लेख्नुभएकाे छ , ‘यति चाहिँ भनी हालूँ– आफ्नो पार्टी बलियो छ, लोकप्रिय छ भन्ने विश्वास भएकाहरूले ‘अर्लि चुनाव’ माग्छन्, कतिबेला सरकार ढल्ला र कुँदिहालौंला भन्दैनन्।’
प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार १६:५४