१८ असार २०८३, बिहिबार | Thu Jul 2 2026

ब्याक एण्ड डेकरद्वारा विशेष उपभोक्ता योजना घोषणा

४ वैशाख, काठमाडौं । अमेरिकी ब्रान्ड ब्ल्याक एन्ड डेकरले नयाँ वर्ष २०८२ को अवसरमा विशेष उपभोक्ता योजना घोषणा गरेको छ। यस योजनाअन्तर्गत, ब्याक एण्ड डेकर स्मार्ट घरेलु उपकरण खरिद गर्ने ग्राहकहरूले पक्का उपहार प्राप्त गर्नेछन्। साथै, साप्ताहिक भाग्यशाली लक्की ड्रमा भाग लिने अवसर पनि हुनेछ। भाग लिनका लागि, क्युआर कोड स्क्यान गरेर दर्ता गर्न सकिन्छ।

यस साप्ताहिक भाग्यशाली ड्रको विजेताले ब्ल्याकंडेकरको लोकप्रिय फूड स्टीमर प्राप्त गर्नेछन्, जुन नेपाली बजारमा अत्यन्त रुचाइने उत्पादन हो। यसमा उत्पादनहरू विश्व बजारमा मात्र नभएर नेपाली बजारमा समेत लाेकप्रिय छन् । उच्च गुणस्तर, नवीन प्रविधि, तथा विश्वसनीयताका कारण उपभोक्तामाझ विश्वासिलो बनेका छन्। यस योजना सिजि इलेक्ट्राेनिक्सद्वारा प्रस्तुत गरिएको हो, जो नेपालमा ब्ल्याकंडेकर स्मार्ट घरेलु उपकरणहरूको एकमात्र वितरक हो।

प्रकाशित मिति : April 17, 2025 at 12:45 pm