२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025

नाडेप लघुवित्तका सेयरधनीहरुको हात खाली, लाभांश वितरण नगर्ने

४ वैशाख, काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीहरुको हात खाली हुने भएको छ । संस्थाले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई कुनैपनि प्रकारको लाभांश नदिने निर्णय गरेसँगै कम्पनीका सेयरधनीहरुको हात खाली हुने भएको हो ।

वैशाख ३ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने र सोही अनुसारको वित्तीय विवरण स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार ०९:०२