१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025

दराजद्वारा ‘फ्युचर लिडर्स प्रोग्राम २०२५’ को आवेदन खुल्ला

२ वैशाख, काठमाडौं । दराजले, दराज फ्युचर लिडर्स प्रोग्राम(डीएफएलपी) २०२५ को औपचारिक सुरुवातको घोषणा गरेको छ । नेपाल,पाकिस्तान, बंगलादेश र श्रीलंकामा एकैसाथ सञ्चालन गरिने यो गु्रप–वाइड म्यानेजमेन्ट ट्रेनी कार्यक्रम हो । यसको प्रमुख उद्देश्य भन्नु नै, भविष्यका नेतृत्वदायी क्षमतायुक्त स्थानिय प्रतिभालाई पहिचान गर्दै ई–कमर्श क्षेत्रलाई थप समृद्ध बनाउदै लैजानु भएको कम्पनीले जनाएको छ ।

१५ महिने घुम्ती कार्यक्रमका रुपमा चल्ने यो प्रोग्राम, सन् २०२५ को जुलाईदेखि सुरु हुने जानकारी दिइएको छ । कार्यक्रमअन्तर्गत सहभागीले कम्पनीका मुख्य विभागहरूमा घुम्ती प्रशिक्षण लिने अवसर प्राप्त गर्नेछन् । वरिष्ठ नेतृत्वको मार्गदर्शनमा उनीहरुले स्थानीय तथा अन्तर्राष्ट्रिय रणनीतिक टोलीसँग काम गर्ने अवसर प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ ।

डीएफएलपी २०२५ हालै, १ वर्षभित्र स्नातक गरेका, शैक्षिक उत्कृष्टता र विश्लेषणात्मक क्षमतामा अब्बल, उत्साही र प्रेरित युवाहरूका लागि खुला गरिएको छ । उपयुक्त उम्मेदवारमा टीमवर्क, नेतृत्व क्षमताको सम्भावना, प्रभावकारी संवाद कौशल तथा अनुकुलनशीलता देखिनु आवश्यकरहेको कम्पनीले जानकारी दिएको छ।

आवेदन ८ बैशाखदेखि १४ दिनसम्म खुला रहने छ । इच्छुक उम्मेदवारहरूले दराजको करियर पृष्ठमार्फत आफ्नो उम्मेदवारीका लागि अनलाइन आवेदन दिन सक्नेछन्। विभिन्न चरणको छनोट प्रक्रियामार्फत दराजले देशभरका विश्वविद्यालयहरुबाट योग्य युवाहरुको छनोट गर्नेछ ।

द्रुत गतिमा अघि बढिरहेको प्रविधिनिर्भर वातावरणमा आवश्यक सीप, मार्ग निर्देशन तथा व्यवहारिक अनुभव प्रदान गर्ने कार्यक्रमको उद्देश्य रहेको छ ।

कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्ने सहभागीलाई दराजभित्रको नेतृत्वदायी भूमिकामा दीर्घकालिन करियर विकासका अवसरहरू प्रदान गरिने कम्पनीले जानकारी दिएको छ । साथै, उत्कृष्ट प्रदर्शन गर्ने उम्मेदवारलाई उचित पारिश्रमिक तथा पुरस्कारद्वारा सम्मान समेत गरिनेछ ।

“दराज फ्युचर लिडरशिप प्रोग्राम मेरो करियरका लागि एक मेजर टर्निङ प्वाइन्ट सावित भयो । कार्यक्रममा अपनाइएको घुम्ती संरचनाले व्यवसायका विविध पक्षहरू नजिकबाट नियाल्ने तथा बुझ्ने राम्रो अवसर प्रदान गर्यो । कार्यक्रम अन्तर्गत अवसरका रुपमा उपलब्ध गरिएका हरेक प्रोजेक्टले मलाई समन्वयमा काम गर्न, गहिरो विश्लेषण गर्न तथा रणनीतिक सोच विकास गर्न प्रेरित गर्याे ।”, नेपालबाट डीएफएलपीका पूर्व सहभागी स्वाति कर्णले भनिन्, “यस अनुभवले मलाई एक आत्मविश्वासी, डेटा–चिन्तनशील तथा द्रुत गतिमा निर्णय गर्नसक्ने व्यक्ति बनायो ।”

डीएफएलपले दराजको दक्षिण एशियामा डिजिटल रूपान्तरणको प्रतिबद्धतालाई दर्साउँछ । यस कार्यक्रममार्फत दराजले सम्भावना बोकेका युवाहरूलाई सक्षम बनाई नवप्रवर्तनको प्रवद्र्धन र डिजिटल अर्थतन्त्रमा योगदान पुर्याउन सक्ने बनाउने लक्ष्य लिएको छ । दराज फ्युचर लिडर्स प्रोग्राम २०२५ सम्बन्धी थप जानकारीका लागि दराजको करियर पृष्ठमा जान कम्पनीले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलवार १६:५३