१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

त्रिविका उपकुलपतिसँग भिडन्तै गरेजस्तो प्रचार भो, त्यसमा सत्यता छैनः प्रधानमन्त्री

२९ चैत, काठमाडौँ । प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालय (त्रिवि)का कुलपति केपी शर्मा ओलीले उपकुलपति केशरजंग बरालसँग भिडन्तै भएको जस्तो प्रचार भएको भन्दै त्यसको खण्डन गर्नुभएको छ । गणतन्त्रको जागरणका लागि वुटवलमा एमालेले गरेको जागरणसभामा उहाँले त्रिवि उपकुलपतिले अन्य माध्यमबाट पठाएको राजीनामा यकिन गरेर स्वीकृत गरेको जनाउँदै उपकुलपतिसँग आफ्नो भिडन्त भयो भन्ने खालका प्रचारमा कुनै सत्यता नभएको स्पष्ट गर्नुभयो ।

यस्तै ओलीले अहिलेको सरकार सबै क्षेत्र र समुदायका समस्या र आवाजलाई सुुन्ने खालको सरकार भएकाले आन्दोलतमा रहिरहन नपर्नेमा जोड दिनुुभएको छ । “समस्याहरु छन् तर सडकमा गइरहनुपर्ने थिएन । म शिक्षकहरुलाई शिक्षा ऐन चाँडै आउँछ भन्न चाहान्छुु । तपाईँहरुले आफ्ना समस्या मात्रै राष्ट्रको हित र आर्थिक अवस्थालाई पनि हेरेर विचार गर्नुपर्ने हुन्छ ।’’, प्रधानमन्त्री ओलीको भनाइ थियो ।

 

प्रकाशित मिति : April 11, 2025 at 5:49 pm