२ बैशाख २०८२, मंगलवार | Tue Apr 15 2025

विशेष अधिवेशन बोलाएर भए पनि शिक्षकका माग पूरा गर्छौंः अध्यक्ष प्रचण्ड

२४ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आवश्यक पर्यो भने संघीय संसदको विशेष अधिवेशन बोलाएर भए पनि शिक्षकहरूका माग पूरा गरिने बताउनुभएको छ । नेवा राष्ट्रिय मुक्ति मोर्चाको प्रशिक्षण भेलालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताउनुभएको हो ।

साथै, प्रचण्डले माग पूरा नहुन्जेलसम्म शिक्षकहरूलाई आन्दोलन जारी राख्न पनि  आग्रह गर्नुभएको छ । ‘जबसम्म माग पूरा हुँदैन, तपाईंहरूले नछोड्नुस्,’ ‘कहिले सिठ्ठी बजाउनुस्, कहिले के गर्नुपर्छ गर्नुस्, हामी तपाईंहरूको साथमा छौं।’उहाँले भन्नुभयो ।

उहाँले प्रतिपक्षी दलहरूसँग कुरा गर्न नभ्याएको उल्लेख गर्दै, ‘शिक्षकहरूका माग पूरा गर्न आवश्यक पर्यो भने विशेष अधिवेशन बोलाएर भए पनि शिक्षकका माग पूरा गर्नेतिर हामी अघि बढ्छौं। म आजैदेखि प्रतिपक्षी दलहरूसँग छलफल गर्छु।’

प्रकाशित मिति : २४ चैत्र २०८१, आईतवार १७:३३