कोशी प्रदेशमा बसाइँसराइको दर कम गर्न व्यवस्थित सहरी निति बनाउनुपर्छः भीम आचार्य
२४ चैत, काठमाडाैं । नेकपा(एमाले) एमाले स्थायी कमिटी सदस्य तथा कोशीका पूर्व मुख्यमन्त्री भीम आचार्यले कोशी प्रदेशमा बसाइँसराइको दर कम गर्न व्यवस्थित सहरी निति बनाउनुपर्ने बताउनुभएकाे छ ।
एमाले कोशी प्रदेश कमिटी, सहरी बिकास बिभागद्वारा इटहरीमा आयोजना गरिएको “कोशी प्रदेशको सहरी बिकासका लागि लिनुपर्ने नीति र गर्नुपर्ने कार्यहरूको सन्दर्भमा उपमहानगरीय अवधारणा” बिषयक गोष्ठीमा आचार्यले कोशी प्रदेशमा बसाइँसराइको दर कम गर्न व्यवस्थित सहरी निति बनाउनुपर्ने र त्यसको लागि आफ्नो सहयोग रहने बताउनुभएकाे हाे ।
उहाँले व्यवस्थित सहरका कारण मानिसहरु सहर घुम्न आउँदा राष्ट्रिय अर्थतन्त्रमा ठुलो सहयोग पुग्ने (पर्यटन, उद्योग, रोजगार)को सृजना हुने भएकाले व्यवस्थित सहर निर्माण्मा लागि पुर्वाधार र सहरी सेवा सुविधालाई व्यवस्थित गनुपर्ने र त्यसका लागि प्रदेश सरकारले आवश्यक कानून बनाउदै नीति तर्जुमा गर्नुपर्ने र सो कार्यको लागि आफू जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउनुभयो ।
नेकपा(एमाले),कोशी प्रदेश कमिटी सहरी बिकास बिभागले उक्त कार्यक्रमको आयोजना गरेको हो । बिभागका प्रमुख लोकेश निरौलाका अनुसार “कोशी प्रदेशमा अहिले पहाडी जिल्लाका बस्तीहरु खाली हुने शहरी क्षेत्रमा बसाइसराईको गति तीब्र भएको हुँदा कसरी त्यो रोक्ने र शहर कसरी ब्यवस्थित बनाउने भनेर नै आजको कार्यक्रम आयोजना गरिएको हो ।”
आजको कार्यक्रमामा हामीले इटहरीका सम्पूर्ण जनाप्रनिधिहरु (सघं, प्रदेस र स्थानीय) सबैलाई आमत्रण गरेका थियौं, अधिकाश जनप्रतिनिधिहरु उपस्थित भएको जानकारी दिनुभयाे । उक्त कार्यक्रमा सहरी बिकास बिभागका सदस्य सुनिल नेपालले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो। सो कार्यपत्र माथि गणेश दाहाल,लेखनाथ घिमिरे,शालिकराम ढकाल,लीलाराज भट्टराई,मानधोज मोक्तान लगायतले टिप्पणी गर्नु भएको थियो भने सहरी बिकास बिभागका उप–प्रमुख सुशीला पहाडीले कार्यक्रम संचालन र बिभागको सचिब सागर थापाले स्वागत गर्नुभएको थियो ।
उक्त कार्यक्रममा नेकपा( एमाले) केन्द्रिय सदस्यहरु भगवती चौधरी, अमृता सुब्बा, ईन्दु गौतम, कोशी प्रदेश सभा माननीयहरु रोहितबहादुर कार्की, नीरा खनाल, इटहरीको उपमेयर संगीता चौधरी तथा उपमहानगर भित्रका नेकपा(एमाले), प्रदेश सदस्यहरु, जिल्ला सदस्यहरुको उपस्थित थियो । उपमहानगर भित्रका निर्वाचित उप–मेयर,वडा अध्यक्ष र सदस्यहरुको उपस्थिति थियो ।
प्रकाशित मिति : २४ चैत्र २०८१, आईतवार १६:१५