१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

प्रेस सेन्टरको अध्यक्षमा कमल गिरी विजयी

१८ चैत, काठमाडौँ । नेकपा माओवादी केन्द्रको भ्रातृ संस्था प्रेस सेन्टर नेपालको अध्यक्षमा कमल गिरी विजयी हुनुभएको छ । आइतबार राति काठमाडौँमा मतदान मार्फत भएको नेतृत्व चयनको पक्रियाबाट अध्यक्षमा गिरी विजयी हुनुभएको हो । गिरी ३६६ मतका साथ अध्यक्षमा विजयी हुँदा उहाँका प्रतिस्पर्धी दीपेन्द्र रावलले १७५ मत प्राप्त गर्नुभयो ।

प्रेस सेन्टर नेपालमा पहिलो पटक निर्वाचत प्रक्रिया मार्फत पदाधिकारी छनोट गरेको हो । चैत्र १६ गते देखि काठमाडौँमा भएको पाँचौं राष्ट्रिय महाधिवेशनमा अध्यक्षसहित  वरिष्ठ उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिवहरुमा खुल्ला सचिव, महिला, समावेशी, कोषाध्यक्ष, कर्णाली र प्रदेश नम्बर १ को सचिव मतदान मार्फत चुनिएको हो ।

यस्तै वरिष्ठ उपाध्यक्षमा सुरेशचन्द्र अधिकारी, महासचिव मनोज घर्ती मगर, उपमहासचिवस् ज्ञानप्रसाद पौडेल, खुला सचिव सुरेन्द्र चालिसे र सन्तोष देउजा, महिला सचिव अन्जली थापा, समावेशी सचिव अवतार राई, कोषाध्यक्ष वसन्त गिरी, कर्णाली सचिव गणेशकन्चन भारती, प्रदेश नम्बर १ सचिवमा दिपेन्द्रकुमार राई निर्वाचित हुनुभएको छ ।

महाधिवेशनबाट ३ खुल्ला उपाध्यक्षहरुमा लक्ष्मण खड्का, रामसिंह ठगुन्नार, विवेक गौतम, महिला उपाध्यक्षमा शान्ता अधिकारी, समावेशी उपाध्यक्ष दीपक श्रेष्ठ, उपमहासचिव महिला लक्ष्मी आचार्य, उपमहासचिव दलित हर्क बहादुर विक, उपमहासचिव आदिवासी जनजाती बुद् लोप्चन सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

यस्तो छ निर्वाचित कार्यसमिति

प्रकाशित मिति : March 31, 2025 at 11:26 am