१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

कांग्रेस नेताको नेतृत्वमा वेत्रावतीको अस्तित्व समाप्त पार्न खोजेपछि संरक्षणका लागि हस्ताक्षर अभियान

२१ पुस, नुवाकोट । नुवाकोट र रसुवाको सीमामा रहेको उत्तरगयाधाम बचाउन हस्ताक्षर अभियान सुरू भएको छ । उत्तरगया बचाउ संघर्ष समितिले शनिबारबाट हस्ताक्षर अभियान सञ्चालन गरेको हो । नेपाली कांग्रेस नुवाकोटका नेता भरत खड्का लगायतले मध्य त्रिशूली गंगा जलविद्युत आयोजनाको नाममा उत्तरगयाधामको अस्तित्व नै समाप्त पार्ने तयारी गरेपछि संरक्षणका लागि हस्ताक्षर अभियान सुरू भएको हो ।

हस्ताक्षर अभियानमा उत्तरगया धाममा शनिबार श्राद्ध गर्न आएका हजाराैँ भक्तजनले हस्ताक्षर गरेका छन् । दुई जिल्ला भएर बग्ने बग्ने त्रिशूली गंगाको प्राकृतिक बहाव रोक्ने गरी मध्य त्रिशूली गंगा जलविद्युत आयोजना निर्माण गर्न लागेकाले बिरोध स्वरूप हस्ताक्षर सङ्कलन गरिएको स्थानीय मुक्तिनाथ भट्टराईले बताएका छन । २०१८ सालमा पनि उत्तरगया धामको विनास गर्न खोजेको भन्दै उनले यसअघि बनेका त्रिशूली जलविद्युत आयोजना मुहान हालको बेत्रावती भन्दा माथिबाट तुप्चे हँदै त्रिशूली कोलनी पानी लैजाने योजना बनेको बताए ।

त्यसबेला धार्मिक महत्वको धरोहरको अस्तित्व सङ्कटमा पर्ने भन्दै यसअघि पनि स्थानीय बासिन्दाको विरोधका कारण आयोजनाको मुहान डेड किलोमिटर पर सारिएको थियो । उत्तरगया धामको विनास हुने गरी कुनै पनि आयोजना निर्माण गर्न नदिने उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले बताएका छन । ऐतिहासिक तथा धार्मिक तीर्थस्थलको क्षति गर्ने तथा वातावरणीय असर गर्ने गरी काम गर्न दिन नहुने संविधानसभाका पूर्व सदस्य जनार्दन ढकालले बताए ।

हस्ताक्षर सङ्कलन अभियानमा प्रतिनिधि सभाका सदस्य मोहन आचार्य, संविधान सभाका पूर्व सदस्य जनार्दन ढकाल, नेता तथा कार्यकर्ता, विभिन्न जिल्लाका भक्तजन तथा स्थानीयले हस्ताक्षर सङ्कलनमा सहभागी भएका छन् ।

प्रकाशित मिति : २१ पुष २०७५, शनिबार १३:३९