११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

एडिलेडमा नेपाली जनप्रगतिशील मञ्चको वार्विक्यु तथा भेटधाट सम्पन्न

एडिलेड । नेपाली जनप्रगतिशिल मञ्च(एनपिपिएफ) साउथ अष्ट्रेलियाको आयोजनामा  भेटघाट तथा वार्विक्यु आयोजना सम्पन्न भएको  छ ।

अध्यक्ष अर्जुन पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पौडेलले मन्तव्य व्यक्त गर्दै राज्य समितिले आगामी दिनमा साउथ अष्ट्रेलियाको नेपाली समुदायको हितमा थप काम गर्ने बताउदै निमन्त्रणालाई स्विकार गर्दै कार्यक्रममा उपस्थित अतिथिहरुलाई स्वागत तथा धन्यवाद व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा एनआरएनए ओशियानाका पुर्व सहसंयोजकहरु रमेश जोशी र नविन कडेल, फेन्का अष्ट्रेलियाका महासचिव कपिल पाण्डे, एनआरएनए आईसिसि सदस्य सुजन अधिकारी, ओएनएफ साउथ अष्ट्रेलिया अध्यक्ष युवराज पहाडी, एडिलेड खुकुरी क्लवका अध्यक्ष कुमार पुष्प गुरुङ, नेपाली पाठशालाका प्रिन्सिपल चन्द्र मणि पाण्डे लगायतका वक्ताहरुले प्रवासमा सबैले नेपाली संस्थाहरुको ध्यान नेपाल र नेपालीको हितमा काम गर्नु पर्ने बताउनु भएको थियो ।स्थानिय बोनाथन पार्कमा दिनको ४ बजेबाट शुरु भएको कार्यक्रममा नेपाली समुदायका अगुवाहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन एनपिपिएफ अष्ट्रेलियाका सदस्य कौशल उप्रेतीले गर्नु भएको थियो ।

प्रकाशित मिति : March 24, 2025 at 5:38 pm