१३ बैशाख २०८२, शनिबार | Sun Apr 27 2025

नुवाकोटमा एमाले नेताहरूको नेतृत्वमा ‘वर्डस्टोन’ मार्फत गिटी र बालुवाको अबैध उत्खनन्

६ चैत, नुवाकोट । सत्तारूढ नेकपा (एमाले)का नेताहरूको संलग्नतामा विदुर नगरपालिका वडा नम्बर ५ र २ को सीमामा पर्ने वर्डस्टोन क्रसर मार्फत तादी खोलामा अबैध उत्खनन् भैरहेको पाइएको छ । स्थानीय सरकार र प्रशासनको आँखा छलेर अबैध रूपमा उत्खनन् भैरहेको हो । यसअघि नेपाली कांग्रेसका नेताहरूले नेतृत्व गरेर वर्डस्टोनको नाममा तादीको दोहन गरिएको थियो भने अहिले एमालेका नेताहरूको नेतृत्वमा दोहन भैरहेको छ ।

एमाले नुवाकोटका सचिव शिव चित्रकार, विदुर नगरपालिका कमिटीका अध्यक्ष सञ्जिव श्रेष्ठ र सूर्यगढी गाउँपालिका कमिटीका अध्यक्ष राजेन्द्र रिजाल राजुको मुख्य योजनामा अहिले तादी नदीको दोहन भैरहेको सञ्चालक मध्येका एकले दैनिकीलाई जानकारी दिए । वर्डस्टोनको अध्यक्षमा रिजाल रहनुभएको छ । क्रसरमा कागजमा देखिने सञ्चालकको रूपमा विनोद श्रेष्ठ, प्रकाश अधिकारी, राजाराम अधिकारी, पवन नेपाल र सुन्दर दुलाल लगायत पनि रहनुभएको छ ।

यसअघि विदुर नगरपालिकाका मेयर राजनलाल श्रेष्ठले यही समूहलाई उत्खननको अबैध अनुमति दिँदा चुनाव खर्च उठाउन खोजेको भन्दै व्यापक बिरोध भएको थियो । उहाँले जम्मा ३१ दिनका लगि वर्डस्टोनलाई उत्खननको अनुमति दिनुभएको थियो । तर उद्योगले त्यसपछि पनि निरन्तर अबैध उत्खनन् जारी राखेको छ । राजनीतिक पहुँच र प्रभावको आधारमा नयाँ बनेको पुललाई नै असर गर्ने गरी उखननको काम भएको छ ।

विदुर नगरपालिकाले प्राकृतिक स्रोतको अबैध उत्खननका लागि गैर कानुनी ढंगले अनुमति दिएपछि यो विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरू गरेको थियो ।  अबैध रुपमा खोलामा मेसिन लगाउन र प्राकृतिक श्रोत साधनका दोहन गर्न लिखित अनुमति दिएपछि अख्तियारले जिल्ला प्रशासन कार्यालय नुवाकोटको सहयोगमा छुट्टै र आफैँ पनि अनुसन्धान अघि बढाएको थियो । उद्यपी उक्त अनुसन्धान कहाँ पुग्यो र के निष्कर्ष आयो भनेर अहिलेसम्म सरोकारवालाहरूले जानकारी पाएका छैनन् ।

dainiki.com

अबैध उत्खननको काममा संलग्न एमाले नुवाकोटका सचिव शिव चित्रकार र वर्डस्टोनका अध्यक्ष रिजालसँग दैनिकीले प्रतिक्रियाका लागि सम्पर्क गरेको भए पनि उहाँहरूको फोन रिसिभ भएन । सर्वोच्चको आदेशले अबैध उत्खनन बर्जित गरेको भए पनि नुवाकोटमा चोरबाटो खोजेर मिलेमतोमा बालुवा र गिटीको तस्करीको काम हुँदै आएको छ ।

दादी नदीको दोहनका बारेमा विदुर नगरपालिकाका प्रमुख राजनलाल श्रेष्ठसँग चासो राख्दा उहाँले आफूले पनि विषयका बारेमा जानकारी पाएको भन्दै आवश्यक कारबाहीको प्रक्रिया अघि बढाएको जानकारी दिनुभयो । उहाँले निश्चित समयका लागि निश्चित मात्रामा उत्खननको अनुमति दिएकाले प्राविधिकसहित पठाएर जाँचबुझगरी आवश्यक कारबाही गरिने उहाँले बताउनुभयो । दैनिकीसँग कुरा गर्दै अबैध रूपमा हुने उत्खनन र नदीको दोहन रोक्नका लागि कसैसँग सम्झौता नहुने बताउनुभयो ।

नदीको दोहनका लागि नुवाकोटमा क्रियाशिल रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एमाले)का नेताहरूले महिना असुली गरेर उद्योगको संरक्षण गर्दै आएका छन ।

अबैध उत्खननको बिरोध गर्ने पूर्व वडाअध्यक्ष नै सञ्चालक 

विदुर नगरपालिका वडा नम्बर ५ का पूर्व वडा अध्यक्ष समेत रहेका एमाले नुवाकोटका सचिव शिव चित्रकार २०७४को स्थानीय निर्वाचनमा वडा अध्यक्ष भएपछि सार्वजनिक खपतका लागि अबैध उत्खननको बिरोध गर्ने अग्रपंक्तिमा हुनुहुन्थ्यो  । यद्यपी उहाँले कारबाहीको चेतावनी दिँदै कहिले आफन्तका लागि निर्माण समाग्री लिने त कहिले सहयोग लिएर कारबाहीको दायरामा ल्याउने समयमा चुप रहने गरेको विषयमा दैनिकीले यसअघि समाचार समेत प्रकाशित गरेको छ ।

अहिले उनै चित्रकार वडा अध्यक्षमा चुनाव हारेपछि क्रसरको सञ्चालक बनेर अबैध उत्खननको काम गरिरहनुभएको छ । देबीघाटको पुरानो झोलुङ्गेपुल काटेर बेचेको आरोप समेत खेप्नुभएको चित्रकारको यो चरित्र देखेर अहिले विदुरका नागरिक तीन छक परेका छन । वर्डस्टोन स्रोतका अनुसार चित्रकारले कागजी सञ्चालक नबनी केही लाख बुझाएर नाफा असुलीरहेका छन । चित्रकारको वर्डस्टोन प्रवेशपछि क्रसरकै सञ्चालकहरू समेत विभाजित बन्न पुगेका छन ।

यो पनि पढ्नुहोस्

क्रसर सञ्चालनका लागि अदालतको आदेशसँग स्थानीय तहको कुनै सरोकार हुँदैनः अध्यक्ष खतिवडा

नुवाकोटको अबैध उत्खनन् प्रकरणः अदालतको आदेश सबैले मान्नुपर्ने नेताहरूको निष्कर्ष

वर्ड स्टोनमात्र हैन अबैध रूपमा चलेका नुवाकोटका सबै क्रसर बन्द हुन्छनः प्रजिअ ढकाल

नुवाकोटका खोला तस्करको कब्जामा, जनप्रतिनिधिको सेटिङमा सर्वोच्चको आदेश धोति लगाए

-‘तस्करहरूको स्वर्ग बनिरहेको छ नुवाकोट, सचेत युवा मुखमा सुपर ग्लु लगाएर नबस’

नुवाकोटकाे बेलकोटगढीमा अवैध रुपमा बालुवा उत्खनन् गर्ने ११ सवारी साधन नियन्त्रणमा

-नुवाकोटमा नदीजन्य पदार्थ उत्खनन र ओसारपसारमा संलग्न गाडी नियन्त्रणमा

खोलामा डोजरको रजाइँ चल्दा सिंचाइ योग्य जमिन मरूभूमि बन्दै, नियन्त्रणमा निरीह प्रशासन

-तादीमा फेरि पनि तस्करको गिद्दे नजर, सर्वोच्चको आदेशविपरित महत लगायतको क्रसरलाई अबैध अनुमति

-नुवाकोटका अबैध क्रसर उद्योगको विद्युत काटियो, गाउँपालिका अध्यक्षलाई प्रश्न गर्ने पत्रकार कुटिए

-राजनीतिक आडमा सर्वोच्चको आदेश धोति लगाउने नुवाकोटका पाँच क्रसर सिल

-हिरानाथजी तपाईं क्रसर व्यवसायीको प्रवक्ता कि नेकपा अध्यक्ष ? (भिडियोसहित)

-नुवाकोटमा गैरकानुनी रूपमा सञ्चालित क्रसर बन्द, राजनीतिक गुण्डागर्दी अन्त्य गर्न माग

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार १६:१४