नेपाल बैंकको साधारण सभा आज, यी प्रस्ताव पारित हुँदै
६ चैत, काठमाडौं । नेपाल बैंक लिमिटेडको साधारण सभा आज चैत ६ गते बुधबार बस्दै छ । बैंकको ६५ औं साधारण सभा आजज काठमाडौंको हलचोकमा रहेको नेपाल एपीएफ क्लबमा बिहान साढे १० बजेदेखि सुरु हुँदै छ ।
सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने,आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ असार मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०८०/८१ को नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू छलफल गरी पारित गरिनेछ ।
यस्तै सभामा आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने, बैंकको नियमावलीमा भएको व्यवस्था बमोजिम सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
साधारण सभा प्रयोजनका लागि बैंकले फागुन २२ गते बुक क्लोज गरिसकेको छ । यसको अर्थ फागुन २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै बैंकको सभामा सहभागी हुन सक्नेछन् ।
प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार ०९:२२












