६ चैत्र २०८१, बुधबार | Wed Mar 19 2025

सर्वसाधारणका लागि कुमारी बैंकको सेयर बिक्रीमा

५ चैत, काठमाडौं। कुमारी बैंक लिमिटेडले केही संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आज एक सूचना जारी गर्दै सर्वसाधारणका लागि २ लाख ८७ हजार १२ कित्ता सेयर बिक्रीमा राखेको हो ।

बैंकले यसअघि  विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्री खुल्ला गरेको थियो । तर सो समयमा बैंकका संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि कुनै आवेदन प्राप्त नभएकाले अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गर्न लागिएको बैंकले सूचनामा उल्लेख गरेको छ ।

उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी आवेदन दिनुपर्नेछ । सेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुने बैकले जनाएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलवार ०९:३५