प्रजातन्त्रिक आन्दोलनका नेता मुकुन्द शर्मा राजोपाध्याय पुस्तक अष्ट्रेलियामा लोकार्पण
एडिलेड । एक विशेष समारोहका बीच प्रजातान्त्रिक योद्धामुकुन्द शर्मा राजोपाध्यायको जीवनी समेटिएको पुस्तक लोकार्पणगरिएको छ। स्वर्गीय राजोपाध्यायको ३०औं पुण्यतिथिको अवसरमाआयोजित सो कार्यक्रममा अस्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखायादव, एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनील पोख्रेल, एनआरएनएओशिनिया सह संयोजक गोकुल घिमिरे ,साउथ अस्ट्रेलियनमल्टीकल्चरकमिसन सदस्य मन्जु खड्का , एनआरएनए साउथ अस्ट्रेलिया संयोजक संजय पुरी , तास्मानिया संयोजक जगदीश खड्का,नर्दर्न टेरिटोरी संयोजक संजिव गोर्खाली लगायत विशिष्ट व्यक्तिहरूकोउपस्थिति रहेको थियो।
उक्त पुस्तक पत्रकार तथा लेखक हरि अधिकारीको लेखन तथासम्पादनमा तयार भएको हो। कार्यक्रममा एनआरएनए ओशिनियाका सह संयोजक नवीन कंडेलले पुस्तक समीक्षा गर्दै मुकुन्द शर्माराजोपाध्यायको जीवनका आरोह-अवरोहबारे दर्शकलाई जानकारीगराएका थिए। कंडेलले पुस्तकको समिक्षा गर्दै राजोपाध्यायको जन्मदेखिमृत्युसम्मका महत्त्वपूर्ण घटनाहरूलाई समेट्दै उहाँको संघर्षपूर्ण जीवनलाईउजागर गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथि राजदूत यादवले राजोपाध्यायलाई नेपालकोप्रजातान्त्रिक आन्दोलनका निडर योद्धा बताउँदै देश र प्रजातन्त्रका लागिउहाँले सम्पूर्ण जीवन समर्पण गरेको उल्लेख गरिन्। उनले भनिन्, “मुकुन्दशर्मा राजोपाध्यायले आफ्नो जीवन नेपालको लोकतन्त्र र स्वतन्त्रताकोलागि समर्पित गर्नुभयो। उहाँको संघर्षले आज हामी स्वतन्त्र वातावरणमास्वच्छन्द विचार राख्न पाएका छौं।”
एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनील पोख्रेलले स्वर्गीयराजोपाध्यायको जीवनी युवाहरूका लागि प्रेरणाको स्रोत बन्ने बताउँदैउहाँको संघर्षपूर्ण जीवनका महत्त्वपूर्ण पक्षहरू प्रस्तुत गरे। पोख्रेलले थप्दैभने, ” १८-२० वर्षको कलिलो उमेरमा देशमा परिवर्तनको सपना बोकेरहिँड्नु, १० वर्ष कठोर कारावास जीवन व्यतीत गर्नु, १२ वर्ष निर्वासितजीवन बिताउनु, यी सबैले उहाँको जीवनलाई संघर्षपूर्ण बनायो। तर, अन्तिम घडीसम्म पनि उहाँले देशकै लागि काम गर्नुभयो। उहाँले कहिल्यैबदलामा केही आशा राख्नु भएन। यसले हामीलाई समाज र राष्ट्रकोलागि त्यागको सन्देश दिन्छ।”
एनआरएनए ओशिनिया सह संयोजक गोकुल घिमिरेले स्वर्गीयमुकुन्द शर्मा राजोपाध्यायहरूको पुस्ताका कारण नै आज नेपालमालोकतन्त्र र गणतन्त्र स्थापना हुन सकेको बताए। उनले भने, “नेपालमाप्रजातन्त्र र गणतन्त्रको इतिहासमा मुकुन्द शर्मा राजोपाध्यायकोबलिदानलाई कहिल्यै भुल्न सकिन्न। उहाँले देखाएको मार्गले आज हामीस्वतन्त्रता अनुभव गर्न सकेका छौं।”
कार्यक्रम संचालन एनआरएन अष्ट्रेलियाका पुर्व उपाध्यक्ष तथा साउथ अष्ट्रेलिया संयोजक नविन पन्तको संचालनमा भएको थियो ।
संघर्षमय जीवन र योगदान
वि.सं. २०१७ मा राजा महेन्द्रले सैनिक बलको सहायताले देशमापञ्चायती शासन लागू गरेपछि नेपाली कांग्रेसले त्यसविरुद्ध सशस्त्रक्रान्तिको आह्वान गर्यो। त्यस क्रान्तिमा कलिलो उमेरमै मुकुन्द शर्माराजोपाध्याय सक्रिय भए। उनी श्यामलाल श्रेष्ठ, ओमकार श्रेष्ठ र रुपचन्द्रनहाटा सहितको समूहमा सामेल भई भारतबाट विस्फोटक पदार्थकाठमाडौँ भित्र्याउने योजनामा संलग्न भए। २०१९ सालमा सिंहदरबार, नारायणहिटी, दूरसञ्चार, रेडियो नेपाल लगायतका महत्वपूर्ण स्थानमाएकै पटक विस्फोट गराएर राजा महेन्द्रको शाही सत्तालाई हल्लाउनेयोजना बनाइयो। तर, योजना कार्यान्वयन हुनुअघि नै मुकुन्द शर्माराजोपाध्याय र उनका साथीहरू पक्राउ परे।
पक्राउ परेपछि उनलाई २०१९ देखि २०२९ सालसम्म १० वर्ष कठोरकारावासको सजाय सुनाइयो। जेल जीवन बिताइसकेपछि पनि उनकोसंघर्ष समाप्त भएन। उनलाई थप १२ वर्ष भारतमा निर्वासित जीवनबिताउन बाध्य पारियो। २०२९ देखि २०३९ सम्म भारतका विभिन्न स्थानमासंघर्षपूर्ण जीवन बिताएपछि २०३९ सालमा नेपाल फर्किएर पुनः पार्टीगतिविधिमा सक्रिय भए।
वि.सं. २०४६ मा राजा वीरेन्द्रले बहुदलीय व्यवस्था पुनःस्थापना गरेपछिउनको कठिन जीवनमा केही राहत मिल्यो। तर, जेलमा बिताएका वर्षहरू, लगातारको संघर्ष र दुःखकष्टका कारण उनको स्वास्थ्य कमजोर हुँदैगयो। विभिन्न रोगहरूको चपेटामा परेका उनले २०५१ सालमा ५२ वर्षकोअल्पायुमा संसारबाट बिदा लिए।
वि.सं. २०१७ मा राजा महेन्द्रले बहुदलीय व्यवस्था समाप्त गरी पञ्चायतीशासन लागू गरेपछि राजोपाध्याय त्यसविरुद्ध आन्दोलनमा होमिए। सानैउमेरमा पक्राउ परेका उनले कारागारमै १० वर्ष बिताए। त्यसपछि भारतमानिर्वासित जीवन बिताउनु पर्यो। उनले देशकै लागि आफ्नो सम्पूर्ण जीवनसमर्पण गरे।
उहाँको जीवनी समेटिएको पुस्तक
वरिष्ठ साहित्यकार हरि अधिकारीद्वारा लेखिएको पुस्तकमा मुकुन्द शर्माराजोपाध्यायको जीवनीका विविध पक्षहरू समेटिएका छन्। पुस्तकमाउनको राजनीतिक यात्रा, जेल जीवन, परिवारबाट भएको तिरस्कार, संघर्षपूर्ण निर्वासन जीवन र नेपालको लोकतान्त्रिक आन्दोलनमा उनलेपुर्याएको योगदानलाई उजागर गरिएको छ।
वि.सं. १९९९ साल भाद्र ९ गते जन्मिएका राजोपाध्याय नेपाली कांग्रेसकाएक निष्ठावान नेता थिए। २०४६ सालमा बहुदलीय व्यवस्था पुनःस्थापनाभएपछि उनको जीवनमा केही खुसी आएको भए पनि त्यो छोटो समय मात्ररह्यो। २०५१ सालमा ५२ वर्षको उमेरमा उनी यो संसारबाट बिदा भए।
मुकुन्द शर्मा राजोपाध्यायको जीवनी नेपाली लोकतान्त्रिक आन्दोलनकालागि महत्वपूर्ण दस्तावेज हो। उनको संघर्ष, बलिदान, त्याग र देशप्रेमभावी पुस्ताका लागि प्रेरणाको स्रोत बन्नेछ। अस्ट्रेलियामा लोकार्पित योपुस्तकले स्वर्गीय राजोपाध्यायको योगदानलाई स्मरण गराउँदै नयाँपुस्तालाई नेपालका क्रान्तिकारी इतिहासबारे जानकारी दिने विश्वासगरिएको छ।
प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलवार १७:१८