८ माघ २०८२, बिहीबार | Thu Jan 22 2026

काठमाडाैँको बबरमहलमा ढल फुटेर बाढी, वन परिसर डुब्यो

३० माघ, काठमाडौँ । देशको राजधानी काठमाडौँको केन्द्रमा रहेको बबरमहलमा ढल फुटेर बाढी निस्कदाँ वन परिसर डुबेको छ । केहीबेर अघि ढल फुटेर बाढी पसेपछि प्रहरीले आन्दोलनकारी छेक्नका लागि प्रयोग हुने बार लगाएर बाढी छेक्ने कोशिश गरिरहेका छन ।

ढल फुटेर बगेको बाढीले वन परिसर डुबाएको छ । रोकथामको प्रयास भैरहेको भए पनि त्यो सफल भएको छैन । कतिपयले मेलम्चीको पानीको पाइप फुटेको आशंका पनि गरेका छन । निकै धमिलो र फोहोर पानी भएका कारण ढल नै हुन सक्ने प्रत्यक्षदर्शी विवश कुमालले दैनिकीलाइ जानकारी दिनुभयो ।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार १५:१०