८ माघ २०८२, बिहीबार | Thu Jan 22 2026

अस्पताललाई उपकरण हस्तान्तरण

१५ माघ, चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई आवश्यक उपकरण हस्तान्तरण गरिएको छ । ‘हेल्पिङ हेल्ड फर रिलिफ एण्ड

डेभलपमेन्ट’ संस्थाले रु ५९ लाख बराबरका सामग्री अस्पताललाई हस्तान्तरण गरेको हो । ग्रामीण महिला विकास केन्द्र ९आरडब्लुडिसी०ले हेल्पिङ हेल्डबाट प्राप्त ती सामग्री अस्पताललाई हस्तान्तरण गरेको हो । केन्द्रका अध्यक्ष छलिकुमारी शर्मा र परियोजना व्यवस्थापक कृष्णहरी सापकोटाले अस्पतालका अध्यक्ष डा विजय न्यौपाने र कार्यकारी निर्देशक डा शिवजी पौडेललाई एक सय ५३ प्रकारका सामग्री हस्तान्तरण गरेका छन् ।

अस्पतालका कार्यकारी निर्देशक डा पौडेलले सहयोगी दाताप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेका छन् । अस्पताललाई सरकारले दिने रकम घटाउँदै लगेको तर सेवा सुविधा बढाउँदै लैजानु परेको गुनासो गर्दै डा पौडेलले दाताको सहयोगले विपन्नको उपचारमा मद्दत पुग्ने बताउ छन् ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलवार १७:१८