८ चैत्र २०८१, शुक्रबार | Fri Mar 21 2025

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा

१४ माघ, काठमाडौँ । तत्कालीन मेगा बैंकको खराब कर्जाले स्वस्थ हुन नसकिरहेको नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ । केही संस्थापकले शेयर बिक्री गरेर बैंकबाट बाहिरिन चाहेपछि शेयर बिक्रीको सूचना जारी गरिएको हो ।

बैंकले १ लाख १३ हजार २३८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । पहिलो चरणमा शेयर नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका विद्यमान संस्थापकले मात्रै खरिद गर्न पाउनेछन । इच्छुक संस्थापकले आफूले किन्न चाहेको शेयर र सोको मूल्य समेत खुलाई उत्तरढोकमा रहेको बैंकको शेयर शाखामा ३५ दिनभित्र आवेदन दिनु पर्ने सूचनामा उल्लेख गरिएको छ ।

dainiki.com

तर संस्थापकलाई शेयर किन्न तोकिएको ३५ दिनभित्र आवेदन प्राप्त नभएमा वा पूरै शेयर बिक्री नभएको खण्डमा भने सर्वसाधारणले किन्न पाउने गरी पुनः बिक्रीका लागि अर्को सूचना जारी हुनेछ । पछिल्लो २ वर्षको ट्रेण्ड हेर्दा बैंकमा लगानीकर्ताको खासै उत्साह देखिएको छैन भने भएको लगानी समेत झिकेर हाइड्रो वा अन्य व्यवसायमा स्थानान्तरण गरिरहेका छन ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार ०९:३७