ग्लोबल आइएमई बैंकको खुद नाफा ४९.५१ प्रतिशतले बढ्यो
८ माघ, कठामडाैँ । ग्लोबल आइएमई बैंकको खुद नाफा ४९.५१ प्रतिशतले बढेको छ । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३ अर्ब ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाउँदै गत आवको पुस मसान्तको तुलनामा चालू आवको सोही अवधिमा कम्पनीको खुद नाफा ४९.५१ प्रतिशतले वृद्धि गर्न सफल भएको हो ।
बैंकको खुद ब्याज आम्दानी घटेपनि इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको खुद नाफा बढेको हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ४ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २६ अर्ब ५२ करोड २७ लाख रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्ममा बैंकले ५ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। बैंकको यस्तो आम्दानी ४ रुपैयाँ ७१ पैसा बढेर १६ रुपैयाँ २ पैसा पुगेको छ। बैंकको प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ ५८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १३.८६ गुणा रहेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ६४ करोड ५३ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १२ रुपैयाँ ४९ पैसा रहेको छ।
त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ४.४१ प्रतिशत घटेको छ। बैंकको इम्पेरमेन्ट चार्ज ४ अर्ब १३ करोड ६० लाख रुपैयाँबाट घटेर २ अर्ब २० करोड ३७ लाख रुपैयाँमा झरेको छ। जसका कारण बैंकको सञ्चालन मुनाफा ४७.८८ प्रतिशत बढेको छ। बैंकको खुद ब्याज आम्दानी ८.०९ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी १७.३४ प्रतिशत बढेको छ।
प्रकाशित मिति : ८ माघ २०८१, मंगलवार १५:४९