दोहोरो अंकले बढ्यो सेयर बजार, ६ अर्ब २५ करोडको कारोबार
६ माघ, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज २ हजार ६ सय अंकभन्दा माथि उक्लिएको छ । आजको कारोबारपछि परिसूचक शून्य दशमलव ४८ प्रतिशत अर्थात् १२ दशमलव ५८ अंकले बढेर २ हजार ६ सय एक दशमलव २१ अंकमा पुगेको हो ।
आज विभिन्न तीन सय २५ कम्पनीका एक करोड २९ लाख ८२ हजार छ सय १९ कित्ता सेयर ७२ हजार पाँच सय ४० पटक खरिद बिक्री हुँदा रु छ अर्ब २५ करोड ७२ लाख ३५ हजार छ सय २४ मा कारोबार भएका छन् । आजको कारोबारपछि बजारपुँजीकरण रु १४ खर्ब ३९ अर्ब ९८ करोड ९६ लाख ४७ हजार नौ सय ३२ पुगेको छ ।
आज बोटलर्स नेपाल ९बालाजु० लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ९ दशमलव ०९, साम्लिङ पावर कम्पनीको सेयर मूल्य ७ दशमलव ४६, नेपाल रिपब्लिक मिडिया लिमिटेडको सेयर मूल्य ७ दशमलव ३७ प्रतिशतले बढेको छ ।
साथै सुपर मादी हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यसैगरी एनआइसी एसिया सेलेक्ट फण्ड ३० को सेयर मूल्य ६ दशमलव ९३ प्रतिशत, रिभर फल्स पावर लिमिटेडको ६ दशमलव ४५ प्रतिशतले घटेको छ ।
प्रकाशित मिति : 17:10









